
पोखरा । सूचनाको हकका लागि राष्ट्रिय महासंघ गण्डकी प्रदेश समितिको अध्यक्षमा पत्रकार राजबहादुर गुरुङ सर्वसम्मत चयन भएका छन्। पोखरामा सम्पन्न भेलाले गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो। नयाँ कार्यसमितिमा उपाध्यक्षमा नारायण शर्मा, महिला उपाध्यक्षमा गीता आचार्य, महासचिवमा भारत कोइराला, सचिवमा कृष्ण क्षेत्री, महिला सचिवमा माया अधिकारी कोषाध्यक्षमा टीका आचार्य चयन भएका छन्।
त्यस्तै, सदस्यहरूमा गीता लामिछाने बिष्ट, रोशन लामिछाने, शंकरराज नहर्की, विराज त्रिपाठी, सुभाष पौडेल, सुशीला रोका, शिवप्रसाद गौतम र मिला दराई छन्। यस्तै, सल्लाहकार मनोयनमा नवनिर्वाचित समितिको पहिलो बैठकले गंगाधर पराजुली, पुण्य पौडेल र ओमप्रकाश शर्मालाई गण्डकी प्रदेश सल्लाहकारमा मनोनीत गर्ने निर्णय गरेको छ। बैठकले महासचिव भारत कोइरालालाई सूचना अधिकारीको जिम्मेवारी दिने निर्णय पनि गरेको अध्यक्ष गुरुङले जानकारी दिए।
यसअघि, पोखराका अग्रज पत्रकारहरू गंगाधर पराजुली, नारायण कार्की, पुण्य पौडेल, ओमप्रकाश शर्मा र शिवप्रसाद बास्तोकोटी सम्मिलित निर्वाचन सहजीकरण समितिले सर्वसम्मत रूपमा कार्यसमिति चयन प्रक्रिया टुंग्याएको थियो। कार्यक्रममा महासंघका राष्ट्रिय अध्यक्ष उमिद बागचन, वरिष्ठ उपाध्यक्ष ताराबहादुर भण्डारी, महासचिव पूर्णप्रसाद मिश्रलगायत केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।
