पोखराकी योग प्रशिक्षक विना खवासको निधन, सती नर्वदा घाटमा अन्त्येष्टि

Share:

पोखरा। योग विज्ञानकी प्रशिक्षक विना केसी खवासको ५९ वर्षको उमेरमा शनिबार साँझ पोखरा-१६, बाटुलेचौरस्थित आफ्नै निवासमा निधन भएको छ। लामो समयदेखि अस्वस्थ रहेकी उनको निधनले स्थानीय समाजमा शोकको वातावरण छाएको छ।

पारिवारिक स्रोतका अनुसार, उनको अन्त्येष्टि आइतबार लामाचौरस्थित सती नर्वदा घाटमा हिन्दू परम्परा अनुसार सम्पन्न गरिएको हो। निवासबाट सुरु भएको शवयात्रा नर्वदा घाटमा पुगेर शोकसभामा परिणत भएको थियो।

शोकसभामा स्थानीयवासी, शुभचिन्तक र योग साधनामा संलग्न व्यक्तिहरूले विना केसीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए।

हिमालय योग साधना केन्द्रकी प्रशिक्षकका रूपमा लामो समय सक्रिय रहेकी खवासको निधनले सामाजिक र योग साधना क्षेत्रमै अपूरणीय क्षति पुगेको स्थानीयले बताएका छन्। उनका श्रीमान् र दुई छोरी छन्।

कमेन्ट गर्नुहोस्
Share: