पोखराको स्पा सेन्टरबाट बालश्रममा रहेका ८ नाबालिकाको उद्धार

Share:

पोखरा । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा सेन्टरबाट बालश्रममा संलग्न आठ जना नाबालिकाको उद्धार गरेको छ। प्रहरीका अनुसार, ‘बाल श्रम (निषेध तथा नियमित) ऐन, २०५६’ विपरित १८ वर्षमुनिका बालिकालाई जोखिमपूर्ण कार्यमा संलग्न गराएको पाइएपछि तीनवटा स्पा सेन्टरलाई कारबाहीको दायरामा ल्याइएको हो।

प्रहरी र पोखरा महानगरपालिकाको सामाजिक विकास महाशाखाको संयुक्त टोलीले लेकसाइड क्षेत्रमा सञ्चालनमा रहेका स्पा सेन्टरमा अनुगमन गर्दा पर्सल्यान स्पाबाट दुई, ताराहिल लज स्पा एण्ड ब्यूटी केयरबाट दुई र ईभेन्डर ब्यूटी एण्ड स्पाबाट चार जना बालिकाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) हरिबहादुर वस्नेतले जानकारी दिए।

उद्धार गरिएका बालिकाहरूलाई संरक्षणमा राखिएको छ भने संलग्न स्पा सञ्चालकहरूलाई आवश्यक कारबाहीका लागि श्रम तथा रोजगार कार्यालय, पोखरा पठाइएको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: