
पोखरा । हिमाल कलेज अफ म्यानेजमेन्टले आगामी आइतबारदेखि दोस्रो चरणको छात्रवृत्ति परीक्षा सुरु गर्ने भएको छ। यसअघि सम्पन्न पहिलो चरणको छात्रवृत्ति परीक्षामा सहभागी धेरै विद्यार्थीहरूले २० देखि १०० प्रतिशतसम्म छात्रवृत्ति प्राप्त गरिसकेका छन्।
दोस्रो चरण अन्तर्गत अब हरेक दिन छात्रवृत्ति परीक्षा सञ्चालन गरिनेछ। उक्त परीक्षामा सहभागी विद्यार्थीहरूले २०५ देखि १००५ सम्मको छात्रवृत्ति प्राप्त गर्ने अवसर पाउनेछन्। छात्रवृत्ति छनोट प्रक्रिया अन्तर्गत लिखित परीक्षा, अभिव्यक्ति शैली, सामान्य ज्ञान, र अन्तर्वार्ता लगायतका पक्षहरूको मूल्याङ्कन गरिने कलेजले जनाएको छ।
व्यावसायिक र व्यवहारिक शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको हिमाल कलेज अफ म्यानेजमेन्टमा व्यवस्थापन, सूचना प्रविधि, तथा पर्यटन व्यवस्थापन जस्ता विषयमा विद्यार्थी र अभिभावकहरूको उल्लेखनीय आकर्षण देखिएको छ।
पहिलो चरणमा छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूको संख्या नै कलेजप्रतिको विश्वास र यसले प्रदान गर्ने शिक्षाको गुणस्तरको प्रमाण हो। कलेजले कक्षा १२ पास गरिसकेका वा परीक्षा दिइरहेका विद्यार्थीहरूलाई लक्षित गर्दै, भविष्य निर्माणको मार्ग प्रशस्त गर्न छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिरहेको छ।
कलेजले सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरूलाई एकपटक कलेजमा आएर सम्पूर्ण प्रक्रिया बुझ्न हार्दिक अनुरोध गरेको छ।
