
पोखरा, २४ भदौ /सराङ्गकोट साप्ताहिक पत्रिका द्धारा स्थापना गरिएको सराङ्गकोट खोज पत्रकारीता पुरस्कार २०७२ बाट पत्रकार प्रेम नेपालीलाई सम्मान गर्ने भएको छ । सराङ्गकोट पत्रिका द्धारा स्थापित पत्रकारीता पुरस्कारको लागि गठन गरिएको प्रतिभा छनौट समितिको बैठकले पत्रकार नेपालीलाई सम्मान गर्न सिफारिस गरे अनुसार पत्रीकाको ब्यबस्थापनले सम्मान गर्ने र्निणय गरेको हो ।
नेपाल पत्रकार महासंघ कास्कीका सल्लाहकार राज बहादुर गुरुङ्ग, पत्रकार माधब पनेरु र सराङ्गकोट पत्रिकाका प्रधान सम्पादक यदुनाथ बन्जराको समितिले अन्नपुर्ण पोष्टका ब्युरो प्रमुख प्रेम नेपालीलाई सम्मान गर्न सिफारिस गरे अनुसार र्निणय गरिएको प्रधानसम्पादक यदुनाथ बन्जराले जानकारी दिए । पत्रकार नेपाली २०५७ साल बाट पत्रकारीतामा निरन्तर कृयाशिल रहेका छन ।
तत्कालीन अबस्थामा पोखरेली राष्ट्रिय दैनिकबाट उनले पत्रकारीता सुरु गरेका थिए । पत्रकार नेपाली जनमत राष्ट्रिय दैनिक,गगन, पोखरापत्र कान्तिपुर दैनिक हुदै हाल अन्नपुर्ण मिडिया नेटवर्कको पश्चिमाञ्चल ब्यरो प्रमुखमा कार्यरत छन ।
खोजमुलक समाचारमा रुचि राख्ने , निडर र कृयाशिल पत्रकार भएकाले नेपालीलाई सम्मान गर्न सिफारिस गरीएको प्रतिभा छनौट समितिका संयोजक राज बहादुर गुरुङ्गले बताए । नेपालीलाई भदौ २६ गते पोखरामा एक कार्यक्रमको आयोजना गरी सम्मान गरीनेछ ।
