भोटेकोसी बाढीले रसुवागढी हाइड्रोपावरमा क्षति, कर्मचारीहरू जंगलमा आश्रय

Share:

काठमाडौं। भोटेकोसी नदीमा आएको बाढीले रसुवागढी जलविद्युत आयोजनामा पनि ठूलो क्षति पुर्‍याएको छ। बाढीले आयोजनाको ड्याम र क्याम्प क्षेत्रमा क्षति पुगेको हो।

क्याम्प बगाएपछि कर्मचारीहरू भागेर नजिकैको जंगलमा आश्रय लिएको रसुवागढी जलविद्युत केन्द्रका प्रशासन प्रमुख टिकनाथ पौडेलले जानकारी दिए।

“हाइड्रोपावरमा ठूलो क्षति भएको अनुमान छ। हाम्रा गाडीहरू पनि बगेका छन्,” उनले भने, “साथीहरू ‘अडिट टु’ भनिने जंगल क्षेत्रमा गएर बसिरहनुभएको छ।”

आयोजनामा कार्यरत दुई महिलासहित २५-३० जना कर्मचारी रहेको र उनीहरूलाई उद्धार गर्नका लागि हेलिकप्टर पठाउने तयारी भइरहेको पनि पौडेलले जानकारी दिए।

उनका अनुसार हाइड्रोपावरको विद्युत उत्पादन गृह भने सुरक्षित अवस्थामा रहेको छ।

कमेन्ट गर्नुहोस्
Share: