साधना केन्द्रमा रुद्राभिषेकलगायत अनुष्ठान सुरु

Share:

पोखरा। पोखरा महानगरपालिका-३, नदिपुरस्थित हिमालयन सिद्ध महायोग ध्यान साधना केन्द्रमा योग, ध्यान, साधना तथा पारम्परिक उपचार पद्धतिबाट रुद्राभिषेक र ग्रहदोष निवारणसम्बन्धी विशेष कार्यक्रम सुरु भएको छ।

अनन्त श्री विभूषित जगद्गुरु श्री रामानन्दाचार्य स्वामी श्री रामकृष्णाचार्य महायोगी सिद्धबाबा सद्गुरुदेवको सत्संकल्पमा आयोजना गरिएको यो कार्यक्रम श्रावण महिनाभर सञ्चालन हुने जानकारी केन्द्रका अध्यक्ष विष्णु प्रसाद शर्माले दिएका छन्।

कार्यक्रम जगद्गुरु श्रीरामाचार्य सेवापीठ चतरा, सुनसरी तथा महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान पोखराको आयोजनामा भइरहेको हो।

कार्यक्रममा पारम्परिक विधिअनुसार ग्रहदोष निवारण, मन्त्रजप, हवन, अर्चन, रुद्राभिषेक, आयुर्वेदिक परामर्श तथा सद्गुरुदेवबाट दिव्य सत्संग लगायत विविध आध्यात्मिक तथा उपचारात्मक गतिविधिहरू हुनेछन्।

कार्यक्रमबारे नारायणस्थान धार्मिक विकास समितिका अध्यक्ष तथा लक्ष्मीनारायण मन्दिरका पीठाधीश महेश पराजुलीले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
Share: