कास्की कारागारमा कैदीबन्दी आन्दोलित, अवस्था तनावपूर्ण

Share:

पोखरा। कास्की जिल्ला कारागारमा चौकीदार नियुक्तिलाई लिएर कैदीबन्दीहरू आन्दोलित भएका छन्। नयाँ चौकीदार आफूसँग असहज र असक्षम भएको भन्दै उनीहरूले विरोध जनाएका हुन्।

आइतबार दिउँसोदेखि कारागारभित्र नाराबाजीसहित टायर जलाउनेजस्ता प्रदर्शनहरू भइरहेका छन्। स्थिति तनावग्रस्त बनेपछि कारागार परिसरबाहिर सुरक्षाका लागि प्रहरी तैनाथ गरिएको छ।

प्रदर्शनकारीहरूका अनुसार चौकीदार नियुक्तिमा कैदीहरूको रायलाई बेवास्ता गर्दै अलोकप्रिय व्यक्ति चयन गरिएको छ। कारागार प्रशासनले भने स्थिति नियन्त्रणमा रहेको र आवश्यक संवादमार्फत समाधान खोजिने जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: