पोखरामा १२ लाखभन्दा बढी चोरी, एक जना पक्राउ

Share:

पोखरा । पोखरा महानगरपालिका-५ मालेपाटनस्थित दाङ भ्याली फ्रेस हाउसकी सञ्चालक संगिता भण्डारीको घरबाट भएको १२ लाखभन्दा बढी नगद चोरी प्रकरणमा एक जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, २०८२ साउन २ गते राति करिब ११:३० बजे दराजमा राखिएको १ लाख ३० हजार रुपैयाँ चोरी भएको जानकारी प्राप्त भएको थियो। घटनाको जानकारीसँगै वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले अनुसन्धान अघि बढाएको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा संलग्न रहेको ठहर गर्दै माछापुछ्रे गाउँपालिका–९ स्थायी घर भई हाल पोखरामा बसोबास गर्दै आएका २३ वर्षीय ओमबहादुर भुजेललाई साउन ३ गते राति करिब १०स्३० बजे पोखरा–६ डिकोपाटनबाट पक्राउ गरिएको हो।

पक्राउ परेका भुजेलको साथबाट चोरी भएको ९ लाख ९७ हजार ५ सय रुपैयाँ नगद र दुई थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ।

हाल कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा उनलाई १० दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी स्रोतले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
Share: