
पोखरा । कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा सिक्लेस पर्यटन व्यवस्थापन समितिको पुनर्गठन गरिएको छ। समितिको अध्यक्षमा पर्यटन व्यवसायी लेख बहादुर गुरुङ चयन भएका छन्।
नवगठित १३ सदस्यीय समितिमा उपाध्यक्ष सन्तोषी गुरुङ, सचिव बेल प्रसाद गुरुङ, कोषाध्यक्ष नौमाया गुरुङ चयन भएका छन्। अन्य सदस्यहरूमा टंक प्रसाद गुरुङ, लिल बहादुर गुरुङ, टाईमाया गुरुङ, तुल प्रसाद गुरुङ (प्रकाश), होमन गुरुङ, दिनेश गुरुङ, रमेश बि.क., लेख प्रसाद गुरुङ र शशी गुरुङ रहेका छन्।
समिति पुनर्गठनको कार्यक्रम क्षेत्र व्यवस्थापन समिति पार्चे (मादी-१) का सचिव गेहेन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा मादी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष देबीजंग गुरुङ प्रमुख अतिथि थिए।
वडाध्यक्ष गुरुङले सिक्लेस क्षेत्र अन्तर्राष्ट्रिय रूपमा समेत पर्यटकीय गन्तव्यका रूपमा चिनिएको उल्लेख गर्दै नवगठित समितिले थप पर्यटकीय गतिविधि सञ्चालनमा अग्रसर हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा एक्याप सिक्लेसका कार्यालय प्रमुख संग्राम कार्की र समाजसेवी लेख बहादुर गुरुङ लगायतले समितिलाई बधाई दिंदै पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने अपेक्षा व्यक्त गरे।
उक्त कार्यक्रममा जनप्रतिनिधि, संरक्षण क्षेत्र व्यवस्थापन समिति, उप-समिति, होटल व्यवसायी, होमस्टे सञ्चालक, आमा समूह, युवा क्लब तथा टोल संयोजकहरूको उपस्थिति रहेको थियो।
