मौलिक झ्याउरे भाकामा ‘घन घन मादल’ सार्वजनिक

Share:

पोखरा । नेपाली लोकसंगीतमा मौलिकता हराउँदै गएको समयमा गायक रामचन्द्र ढकालले गाउँठाउँको झ्याउरे भाकामा आधारित नयाँ गीत ‘घन घन मादल’ सार्वजनिक गरेका छन्।

गीत ढकालकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। रामचन्द्र ढकाल, शान्ती श्री परियार, लिला पौडेल र शंकर ढकालको स्वर रहेको गीतमा शंकर ढकालको प्रस्तुति छ। लय र शब्द लिला पौडेलले तयार गरेका हुन् भने भिडियोको परिकल्पना र निर्देशन रामचन्द्र ढकालकै रहेको छ।

गायक ढकालले गीतले हराउँदै गइरहेका मौलिक झ्याउरे भाकाको संरक्षणमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। भिडियोमा गुरुङ चलचित्रका महानायक तारा बहादुर गुरुङ लाहुरेको भूमिकामा देखिएका छन् भने अनमोल भण्डारी, बिनु कार्की र कृष्णमाया पौडेलको अभिनयले भिडियोमा आकर्षण थपेको छ।

‘घन घन मादल’ गीतले मौलिकताको स्वाद मन पराउने श्रोता-दर्शकबीच विशेष स्थान बनाउने अपेक्षा गरिएको छ।

 

कमेन्ट गर्नुहोस्
Share: