संविधानसभामा मतदान जारी, धारा २४२ सम्म पारित

Share:

भाद्र ३०, २०७२- संविधानसभाको बैठक बुधबार बिहान ११ बजेबाट सुरु भएको छ । बैठकमा संविधानको विधेयक र त्यसमा परेको संशोधनबारे मतदान भइरहेको छ ।अहिलेसम्म भाग नयाँ बन्ने संविधानको भाग २२ सम्म पारित भएको छ । भाग १ देखि २२ भित्र २४१ धारा रहेको थियो । यी सबै धारा पारित भएको छ ।धारा २४१ महालेखा परीक्षकको काम कर्तव्य र अधिकारमा मिना पुनले राखेको संशोधन अस्विकृत भएको छ । कांग्रेस, एमाले र एमाओवादीको संयुक्त संशोधन स्वीकृत भएको छ ।

२३१ धारा मा परेको संशोधन अस्विकृत भएसँगै पारित भएको छ ।२३२ धारामा सभासद शिवलाल थापा र यशोदाकुमारी लामाले राखेको संशोधन बहुमतबाट अस्विकृत भएको छ ।२३३ र २३४ धारामा कुनै संशोधन परको छैन भने धारा २३५ मा परेको संशोधन फिर्ता भएको छ । धारा २३६ मा पनि कुनै संशोधन परेको छैन ।यसैगरी २३७ यसमा नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीले राखेको संशोधन बहुमतबाट स्विकृत भएको छ । अब ‘संवैधानिक अदालत’को सटृा ‘सर्वोच्च अदालतको संवैधानिक इजलास’ रहने भएको छ । धारा २४० महालेखा परीक्षक सम्बन्धमा कांग्रेस, एमाले र एमाओवादीले राखेको संशोधन बहुमतले स्विकृत भएको छ ।

स्थानीय तहको व्यवस्थापकीय अधिकारमा परेको एक मात्र संशोधन फिर्ता भएसँगै धारा २३० सम्म संविधानसभाले पारित गरेको छ । मंगलबार बसेको संविधानसभा बैठकले १७६ धारा पारित गरेको थियो ।

रा १८८, १८९, १९१, १९२, १९३, १९४, १९५ र १९६ मा कुनै संशोधन नपरेकोले यसलाई विधेयकको अंग बनाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतले पास भएको छ । यसैगरी धारा १९७, १९८, २००, २०१ र २०२ मा परेको एउटा संशोधन फिर्ता भएको छ । यसलाई विधेयकको अंग बनाइयोस् भन्ने प्रस्ताव बहुमतले पास भएको छ । धारा २०४, २०५, २०६, २०७, २०८, २०९, २१०, २११, २१२ र २१३ मा पनि कुनै संशोधन प्रस्ताव नपरेकोले यिनीहरुलाई विधेयकको अंग बनाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पास भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: