
बागलुङ । अग्ला पहाडका टाकुरामा पुराना थाङ्ना र नीलो त्रिपालले छोपिएका गोठहरू, छेउमै भोटे कुकुरहरूको निगरानीमा चरिरहेका हजारौँ भेडाका बथान। यो दृश्य हो बागलुङको ढोरपाटनस्थित टीकाधारा बुकीपाटनको।
यही खर्कमा भेटिन्छन् ६४ वर्षीय टेकध्वज घतान, जो भेडापालनमा ५० वर्षभन्दा बढी समयदेखि समर्पित छन्। बागलुङको निसीखोला गाउँपालिका-६ निवासी घतान गत जेठको अन्तिम साता करिब २०० भेडा लिएर टीकाधारा आइपुगेका हुन्।
उनी दिनको सुरुवात भेडा दुहेर गर्छन् भने दिउँसोको समय घाँस काट्नमा बिताउँछन्। गोठमा उनी एक्ला छैनन् -रुकुमका सत्यराम विश्वकर्मा, रोल्पाका तीर्थबहादुर घर्तीसहित सात जनाको टोली उनैसँगै बस्छ। उनीहरूको संयुक्त रुपमा झण्डै पाँच हजार भेडाले टीकाधाराको खर्क भरिएको छ।
कमेन्ट गर्नुहोस्
