
रेम बिक,पोखरा, ३१ भदौ ।
नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर विग एफएमले आयोजना गरेको ‘विग तीज विग धमाका’ नामको रेडियो गेम शोको पहिलो दिन बुधवार ३ जनाले २÷२ हजार रुपैयाँ जितेका छन् । गेम शो सञ्चालनको पहिलो दिनको भाग्यशाली विजेतामा पोखरा नदिपुरकी शान्ति पुन, टक्सार लमजङ्गीकी शान्ति गुरुङ्ग र लक्ष्मी रहेका छन् । रेडियो गेम शो को लागि प्राप्त एसएमएस मध्ये लक्की ड्र बाट उनीहरु विजेता बनेका हुन् । बुधवारदेखि शुरु भएको रेडियो गेम शो शुक्रवारसम्म चल्नेछ ।
हरेक पर्वहरुमा विभिन्न ईभेन्टमार्फत स्रोताहरुसंग नजिकिने विग एफएमले अघिल्ला वर्षहरुजस्तै यसपालीको तीजमा पनि ‘बिग तीज विग धमाका’लाई निरन्तरता दिएको जानकारी दिएको छ । एफएमले दिएको जानकारी अनुसार फेयर एण्ड लभ्ली विग तीज विग धमाका रेडियो गेम शोमा स्रोताहरुले एसएमएसमार्फत सहभागिता जनाउन पाउनेछन् ।
‘यो एउटा खेल हो र, यसमा सहभागीमध्येलाई हामीले विजेता बनाउँछौँ ।’ विग एफएमका कार्यक्रम संयोजक संजोग बस्यालले भने–‘विजेताले बम्पर पुरस्कार स्वरुप सुनको गहना प्राप्त गर्नेछन् । ’ त्यस्तै दैनिक ३ जनाले २÷२ हजार रुपैयाँ जित्न सक्नेछन् ।
रेडियो गेम शो अन्तरगत एफएममार्फत दिनहुँ एउटा तीजसंग सम्बन्धित प्रश्न सोधिनेछ । सोहि प्रश्नको सहि उत्तर गेम शोमा सहभागी हुन चाहने स्रोताहरुले एसएमएसमार्फत दिनुपर्नेछ । सहि उत्तर दिनेमध्येबाट लक्की ड्र गरेर दैनिक एक जनालाई पुरस्कृत गरिने एफएमले जानकारी दिएको छ । विग तीज विग धमाका अन्तरगत आजको प्रश्न यस्तो छ ।
प्रश्न ः महिलाहरुले तिजमा कुन रंगको वस्त्र लगाउने गर्दछन् ?
१.रातो
२.खैरो
फेयर लभ्ली विग तीज विग धमाकामा सहभागीताका लागि स्रोताले आफ्नो मोबाईलको म्यासेज बक्समा गई BIG <space> fm लेखेर सहि उत्तर टाईप गरि ४३२१ मा सेन्ड गर्नुपर्नेछ । साँझ ८ः३० बजेको कार्यक्रममार्फत दैनिक तीन जना विजेता छनौट हुनेछन् । स्रंोताहरुको सजिलोका लागि हरेक प्रश्नमा अप्शन दिईने एफएमले जनाएको छ ।
