
पोखरा । पोखरा महानगरपालिका-३, नारायणस्थानस्थित श्री लक्ष्मीनारायण मन्दिरमा पीठाधीश्वर अनन्त श्रीविभूषित श्रीमद्जगद्गुरु स्वामी श्रीरामकृष्णाचार्य महायोगी सिद्धबाबा सद्गुरुदेवको सत्संकल्पमा यस वर्षको चतुर्मास व्रत अनुष्ठान तथा हिमालयन सिद्धमहायोग ध्यान साधना कार्यक्रम औपचारिक रूपमा सुरु भएको छ।
आध्यात्मिक साधनाका लागि प्रसिद्ध मानिने चतुर्मास व्रत अवधिमा श्रावण २४ देखि ३१ गतेसम्म सप्ताहव्यापी श्रीमद्भागवत महापुराण कथा आयोजना गरिएको छ। कथा वाचन भारतवर्षका ख्यातिप्राप्त संत पण्डित डा. महेशदत्त शर्मा गुरुजी र श्री श्री १००८ महन्त श्री हरिशंकर दास वेदान्तीजी महाराजको श्रीमुखबाट हुनेछ। यस्तो प्रकारको संत-समागम हालको समयमा अत्यन्त दुर्लभ मानिन्छ।
कार्यक्रममा प्रत्येक दिन बिहान ध्यान, व्रत र साधना तथा बेलुकी भजन-कीर्तन, सत्संग र गुरुदर्शन हुनेछ। आयोजक मन्दिर समितिका अनुसार सहभागीहरूले आत्मिक शुद्धि, आध्यात्मिक उन्नति र गुरुकृपाको अनुपम लाभ प्राप्त गर्नेछन्। श्री लक्ष्मीनारायण मन्दिर परिवारले सम्पूर्ण श्रद्धालुजनलाई स-परिवार उपस्थिति भई कलियुगमा विरल रूपमा पाइने यस्तो दुर्लभ अवसरको लाभ उठाउन सादर आमन्त्रण गरेको छ।



