
पोखरा । जानकी माध्यमिक विद्यालयका ३० जना विद्यार्थीलाई सिटिजन बैंक, न्युरोड शाखाले सामाजिक उत्तरदायित्वअन्तर्गत ४२ हजार रुपैयाँ बराबरको खेलकुद पोशाक वितरण गरेको छ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा बैंकका शाखा प्रमुख पवन काजी खत्री, विद्यालय व्यवस्थापन समिति र शिक्षक-अभिभावक संघका पदाधिकारीहरूको उपस्थितिमा पोशाक वितरण गरिएको हो।
कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र गुरुङले गरे। कार्यक्रममा सदस्य हरिप्रसाद बास्तोला, शिक्षक-अभिभावक संघ अध्यक्ष विक्रमबाबु भण्डारी, प्रधानाध्यापक अर्जुन कडेल, शिक्षक तुलसी गिरी लगायतले शिक्षाको महत्वबारे विचार व्यक्त गरे।
सोही अवसरमा विद्यालयको प्रथम त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक गरिएको थियो। प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई अविर र पुरस्कारसहित सम्मान गरिएको विद्यालयले जानकारी दिएको छ।
जानकी विद्यालयमा हाल ३५० विद्यार्थी अध्ययनरत छन्।
