गोसाइँकुण्ड स्नान गर्न गएका एक तीर्थयात्रु बेपत्ता, खोजी कार्य जारी

278
0
Share:

काठमाडौं । रसुवाको पवित्र तीर्थ गोसाइँकुण्ड स्नान गर्न गएका एक तीर्थयात्रु बेपत्ता भएका छन् । बेपत्ता हुनेमा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका- ३ का ६० वर्षीय कृष्णबहादुर मगर रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

उनीसँगै गएका साथी रामकुमार ढकाल र अर्जुन विकले यही साउन २३ गते बिहान चन्दनबारी र चोलाङपाटीको बीच भागबाट उनी हराएको प्रहरीमा जाहेरी दिएको कार्यालयले जनाएको छ ।

चन्दनबारी र चोलाङपाटीको बीच भाग घनाजङ्गल भएकोले हराएको सूचना पाउँना साथ प्रहरी निरीक्षक राजु शाहको नेतृत्वमा खोज उद्धार टोली खटाइएको प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले बताए ।

खोज र उद्धारका लागि सशस्त्र प्रहरी बल, श्रीनाथ गणको नेपाली सेनाको टोली र नेपाल प्रहरीको टोलीका ४५ सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी नायब उपरीक्षक शाहीले बताए ।

कमेन्ट गर्नुहोस्
Share: