नख्खु पुर्‍याइयो रविलाई

311
0
Share:

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट काठमाडौं ल्याइपुर्‍याइएको छ। रविको स्वागतमा बसेका कार्यकर्ता र समर्थकलाई छल्दै प्रशासनले रविलाई ललितपुरस्थित नख्खु कारागार पुर्‍याएको छ।

त्रिभुवन विमानस्थलमा रविको स्वागतमा बसेका समर्थकलाई भेट गर्न नदिई आयल निगम हुँदै नख्खु कारागारतर्फ लगिएको हो। लामिछाने भैरहवास्थित जिल्ला कारागार रुपन्देहीको १२६ दिनको थुनापछि काठमाडौं ल्याइएका हुन्।

नख्खु कारागार स्रोतका अनुसार रविलाई राखिएको ब्लकमा करिब ४ सय कैदीबन्दी राखिएको छ। उनलाई त्यो ब्लकको एउटा छुट्टै कोठामा राख्ने तयारी कारागारको आन्तरिक प्रशासनले गरेको बताइएको छ।

कमेन्ट गर्नुहोस्
Share: