पाकिस्तानमा बाढी र पहिरोले ४८ घण्टाभित्र ३२४ जनाको मृत्यु

Share:

काठमाडौं। पाकिस्तानको खैबर पख्तुनख्वामा बाढी र पहिरोका कारण ४८ घण्टामा कम्तीमा ३२४ जनाको मृत्यु भएको छ।

समाचार एजेन्सी एएफपीले शनिबार साँझ जनाएअनुसार भीषण वर्षापछि आएको बाढी र पहिरोमा परी पछिल्लो ४८ घण्टामा ३२४ जनाको मृत्यु भएको हो।

कोही बाढी र पहिरोले भत्काएका संरचनामा पुरिए, कोही बाढीको पानीमा बगे। खोजी र उद्धार अझै जारी छ।

कमेन्ट गर्नुहोस्
Share: