
पोखरा। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कास्कीका अध्यक्ष नारायण गुरुङकी आमा बालकुमारी गुरुङको निधन भएको छ। पोखराको मियाँपाटनस्थित आफ्नै निवासमा सोमबार साँझ ८९ वर्षको उमेरमा उनको देहावसान भएको हो।
पारिवारिक स्रोतका अनुसार स्व. गुरुङको अन्तिम संस्कार मंगलबार बिहान ११ बजे पोखराको रामघाटमा गरिनेछ। त्यसअघि श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर मियाँपाटनस्थित निवासमै राखिएको छ।
स्व. गुरुङप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न उनका आफन्तजन, शुभचिन्तकहरू तथा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू निवासमा पुग्ने क्रम जारी छ। दिवंगत बालकुमारी गुरुङका दुई छोरामध्ये राप्रपा कास्की अध्यक्ष नारायण गुरुङ जेठा सन्तान हुन्।
कमेन्ट गर्नुहोस्
