
पोखरा । पोखरा महानगरपालिका १३ आर्वामा रहेको रतन पाण्डे युवा क्लवले खुल्ला तीज गीत प्रतियोगिता गर्ने भएको छ। नेपाली नारीको सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा क्लवले यही भदौ १० गते स्थानीय छापाको चौतारामा १८ औं संस्करणको तीज गीत प्रतियोगिता गर्न लागेको सन्दिप बरालले जानकारी दिए।
प्रतियोगितालाई व्यवस्थित र मर्यादित बनाउनका लागि क्लवले तयारीलाई तिब्रता समेत दिएको छ। समुहगत रुपमा गरिने प्रतियोगितामा विजेता टिमलाई आकर्षक पुरस्कार प्रदान गरिने बताइएको छ।
परम्परागत संस्कृतिलाई संरक्षण गर्ने उद्देश्यले विगतका वर्षबाट नै कार्यक्रम गर्दै आइरहेको क्लवले जनाएको छ। कार्यक्रममा कृष्ण प्रसाद गौतम सहितका कलाकारको सांस्कृतिक प्रस्तुति रहने बताइएको छ।
कमेन्ट गर्नुहोस्
