कास्कीका पाँच स्थानीय तहको मूल्यांकनमा अन्नपूर्ण अग्रस्थानमा

Share:

पोखरा । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मापदण्डअनुसार गरिएको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) को नतिजामा कास्की जिल्लाका पाँच स्थानीय तहमध्ये अन्नपूर्ण गाउँपालिका पहिलो स्थानमा परेको छ।

सार्वजनिक प्रतिवेदनअनुसार, अन्नपूर्ण गाउँपालिकाले सबैभन्दा बढी ९५.७५ प्रतिशत अंक प्राप्त गरेको छ। त्यसैगरी, माछापुच्छ्रे गाउँपालिका ९४ प्रतिशत अंकसहित दोस्रो, पोखरा महानगरपालिका ९३.५ प्रतिशत अंकसहित तेस्रो, रुपा गाउँपालिका ९०.५ प्रतिशत अंकसहित चौथो स्थानमा रहेका छन्।

सबैभन्दा कम अंक ल्याउने मादी गाउँपालिकाले ८८.५ प्रतिशत अंक प्राप्त गरेको छ। ‘लिजा’ स्थानीय तहहरूले आफ्नै कार्यसम्पादन र क्षमताको मूल्यांकन गर्ने विधि हो। मूल्यांकनका लागि शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय तथा आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, र सहकार्य तथा समन्वय गरी १० वटा विषयगत क्षेत्रका सूचकहरू आधार मानिन्छन्।

कमेन्ट गर्नुहोस्
Share: