
पोखरा । पोखराको सराङकोटस्थित टुडिखेलमा जारी तेस्रो संस्करणको ऐतिहासिक टुडिखेल तीज महोत्सव २०८२ अन्तर्गत बिहीबार नविना सिलवाल ‘सईली’, रोजिना परियार लगायतका कलाकारहरूले टुडिखेलमा प्रस्तुति दिने भएका छन्।
“हाम्रो संस्कृति, हाम्रो पहिचान-लोपोन्मुख संस्कृति जोगाउने हाम्रो अभियान” भन्ने नाराका साथ नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा पोखरा महानगरपालिका वडा नं. १ टुडिखेलस्थित इन्द्रेणी एकीकृत विकास केन्द्रको आयोजनामा र विद्युतिय सवारी निर्माता कम्पनी BYD को मुख्य प्रायोजनमा महोत्सव आयोजना गरिएको हो।
बिहीबारको कार्यक्रमलाई नविना सिलवाल, रोजिना परियारसँगै तारापति सुवेदी, रामजी पौडेल, नवराज अधिकारी, तुलसा जिसी, पार्वती गुरुङ, गगन गुरुङ लगायतका कलाकारहरूले आकर्षक प्रस्तुति दिने कार्यक्रम तय गरिएको छ।
यसअघि, बुधबार प्रजापति पराजुली, जीवन दाहाल, प्रेमराज अधिकारी, नविन पौडेल, तारापति सुवेदी, सरला पाण्डे, शिवहरी ढुंगाना, लक्ष्मी नेपाली, टेक क्षेत्री, इन्द्रा गुरुङ, अम्विका भण्डारी, सन्दीप क्षेत्री लगायतका कलाकारहरूले आ-आफ्नो प्रस्तुति दिएका थिए।
महोत्सव अन्तर्गत बुधबार एकल नृत्य प्रतियोगिता, छेलो हान्ने प्रतियोगिता, ढिकी जातो प्रतियोगिता र तीज गीत प्रतियोगिता समेत सम्पन्न भएको इन्द्रेणी केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीले जानकारी दिए।
महोत्सव सम्पन्न गर्न Tuborg Beer ले सह-प्रायोजन, गृहलक्ष्मी ग्यास, कर्मा इन्टरनेशनल इम्प्लोयमेन्ट प्रालि काठमाडौँ ले उप-प्रायोजन गरेका छन्। त्यसैगरी Baltra Home Appliances, राष्ट्रिय वाणिज्य बैंक, र सालिको इन्स्योरेन्स ले प्रायोजन गरेका छन्। राष्ट्रिय माध्यमिक विद्यालय ले विशेष सहयोग पुर्याएको छ।
गण्डकी प्रदेश सरकार अन्तर्गत सामाजिक विकास तथा खेलकुद मन्त्रालय, पर्यटन तथा उद्योग मन्त्रालय, साथै पोखरा महानगरपालिका, माछापुच्छ्रे गाउँपालिका, अन्नपूर्ण गाउँपालिका, र पोखराका वडा नं. १, २, ३ को कार्यालयले महोत्सव प्रवर्द्धन गरेका छन्।
यस महोत्सवको सफलताका लागि गण्डकी मेडिकल कलेज, लेकसिटी पानी, कम्प्लिट गार्डेन न्युरोड पोखरा, गरिमा विकास बैंक, गौतम स्याङ्जा सुन चाँदी पसल चिप्लेढुङ्गा, प्रतिभा माध्यमिक विद्यालय, पराजुली आयल स्टोर पोखरा-१, कुंवर हार्डवेयर, लान्दे पेट्रोलियम प्रालि, पोखरा इन्टरनेट, र निची बेबी चिप्लेढुङ्गा ले पनि सहयोग गरेका छन्।
