विप्लव माओवादीका जिल्ला सेक्रेटरी सहित १२ जना कार्यकर्ता पक्राउ, बन्द जारी

Share:

पोखरा, ३ असोज
कास्कीको लेखनाथमा र पोखराको अमरसिंह चोकमा बन्द गराउँदै हिँडेको अवस्थामा नेत्र विक्रम चन्द विप्लव माओवादीका १२ जना कार्यकर्ता पक्राउ परेका छन् । प्रहरीले लेखनाथको पावरहाउस नजिकैबाट अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष आश बहादुर गुरुङ्ग सहित ५ जनालाई पक्राउ गरेको हो ।त्यसैगरि पोखराको अमरसिंह चोकबाट प्रहरीले ७ जना बन्द कर्ताहरुलाइ्र्र प्रक्राउ गरेको गरेको छ । पक्राउ पर्नेमा माओबादी कास्कीका जिल्ल सेक्रेटरी पुर्णजित पुन , बिद्यार्थि नेता लोकश बि.क, शिब क्षेत्री,मिलन राई, रबिन्द्य्र राई,राजु गुरुङ्ग,अमृत परियार लगायतका रहेका छन । त्यसैगरि महेन्द्रपुलबाट पनि संघिय समाजबादीका कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको बताईएको छ ।
आज विप्लव माओवादीले नयाँ जारी हुने संविधानको विरोध गर्दै नेपाल बन्द गरेको छ । बन्दको प्रभाव पोखरामा समेत परेको छ ।
पोखरामा बिहानैदेखि यातायातका साधन चल्न सकेका छैनन् भने बजार र पसल पनि बन्द छन् ।

कमेन्ट गर्नुहोस्
Share: