
पोखरा । सीप हस्तान्तरणद्वारा सशक्तीकरण (नेस्ट) पोखराको २३औं वार्षिक साधारण सभा तथा १०औं अधिवेशन शनिबार सम्पन्न भएको छ। अधिवेशनले सूर्यप्रसाद न्यौपानेलाई अध्यक्षमा चयन गरेको छ।
नवगठित कार्यसमितिमा कमला देवी श्रेष्ठ उपाध्यक्ष, कुमबहादुर गुरुङ सचिव, सन्देश सुवेदी कोषाध्यक्ष तथा प्रभा आचार्य सहसचिवमा निर्वाचित भएका छन्। निर्वाचन समितिका संयोजक अधिवक्ता भुवन पराजुलीले यसबारे जानकारी दिइन्।
त्यस्तै, सदस्यहरूमा डा. पदम श्रेष्ठ, महेन्द्रप्रसाद लामिछाने, कृष्णबहादुर भण्डारी र हिराकुमारी गुरुङ चयन भएका छन्। लेखा समितिको संयोजकमा मोना भण्डारी तथा सदस्यमा केदार धमला र गिरिधारी पोख्रेल सर्वसम्मत रूपमा निर्वाचित भएको निर्वाचन समिति सदस्य हरिप्रसाद लुईटेलले जानकारी दिए।
निर्वाचन समिति संयोजकमा अधिवक्ता भुवन पराजुली तथा सदस्यहरूमा सुरेन्द्रबाबु तिवारी र हरिप्रसाद लुईटेल थिए।
संस्थाका अध्यक्ष आनन्दकुमार पराजुलीको अध्यक्षतामा सम्पन्न सभाको सञ्चालन सहसचिव रविन श्रेष्ठले गरेका थिए। स्वागत मन्तव्य कार्यसमिति सदस्य प्रभा आचार्यले प्रस्तुत गरेकी थिइन्।
वार्षिक प्रतिवेदन तत्कालीन सचिव सूर्यप्रसाद न्यौपानेले तथा आर्थिक प्रतिवेदन कोषाध्यक्ष सन्देश सुवेदीले प्रस्तुत गरेका थिए।
नयाँ कार्यसमितिलाई शपथ ग्रहण गराउँदै अधिवक्ता पराजुलीले सौहार्दपूर्ण वातावरणमा मिलेर काम गर्न सुझाव दिइन्। परामर्श सेवामा अग्रणी भूमिका खेल्दै आएको नेस्टले संघीय, प्रदेश र स्थानीय सरकारसँग सहकार्य गर्दै अघि बढ्ने योजना रहेको संस्थाका कर्मचारी लेखा तथा प्रशासन सहायक मुना मजाकोटीले जानकारी दिइन्।
नवनिर्वाचित अध्यक्ष सूर्यप्रसाद न्यौपानेले नयाँ प्रविधि र सोचलाई संस्थागत गर्दै संस्थालाई अझ सक्षम र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।
