
काठमाडौं। गोरखाको अजिरकोट गाउँपालिका-३ हंशपुर केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ६ बजेर १५ मिनेटमा गोरखा अजिरकोट-३ हंशपुर आसपास केन्द्रबिन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको हो।
यसअघि यही भदौ १ गते रामेछापको हेलम्चो आसपास केन्द्रबिन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको थियो।
नेपालमा पछिल्लो समय ससना रेक्टरस्केलका भूकम्प जाने क्रम जारी रहेको छ। नेपाल हिमालय क्षेत्र भएका कारणले भूकम्पको जोखिमको क्षेत्रका रूपमा लिने गरिन्छ।
कमेन्ट गर्नुहोस्
