
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छिन्। शीतनिवासमा आयोजति विशेष समारोहमा उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएकी हुन्।
पूर्वप्रधानन्यायाधीशसमेत रहेकी कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ खुवाएका हुन्। यसअघि, संविधानको धारा ६१ अनुसार राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्री पदमा पदमा नियुक्त गरेका थिए।
शपथग्रहण समारोहमा राष्ट्रपति पौडल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतमात्रै मञ्चमा थिए । सभामुख, उपसभामुख एवं प्रमुख विपक्षी दलका नेता मञ्चमा थिएनन् ।
दर्शकदीर्घाको अघिल्लो पङ्तीमा कार्कीका श्रीमान् दुर्गा सुवेदी, पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई, मुख्यसचिव, प्रधानसेनापति कुटनीतिक नियोगका प्रमुखहरु लगायतका व्यक्ति उपस्थित थिए ।
शपथ ग्रहणपछि प्रधानमन्त्री कार्कीले शपथको व्यहोरा लेखिएको पत्रमा हस्ताक्षर गरेकी थिइन् । त्यसपछि उनका पति दुर्गा सुवेदी समेत अगाडि गएर फोटो खिचाएपछि शपथ सकिएको थियो ।
