
काठमाडौं । नेपालका प्रधानसेनापति अशोक सिग्देलको नेतृत्व अहिले न केवल नेपाली जनतामाझ, तर अन्तर्राष्ट्रिय समुदायमा पनि व्यापक प्रशंसाको विषय बनेको छ। उनले चुलिएको राजनीतिक अस्थिरता र जनतामाझ फैलिएको वितृष्णालाई असाधारण संयमता र दूरदर्शितासहित व्यवस्थापन गर्दै जनचाहना अनुसारको लोकतान्त्रिक सरकार गठनमा निर्णायक भूमिका खेलेका छन्।
विशेषतः विदेशी शक्ति तथा प्रभावहरू सक्रिय रहेका संवेदनशील अवस्थामा समेत उनले लोकतान्त्रिक प्रक्रियाबाटै समाधान खोजी जनताको अपेक्षालाई सम्मान गर्दै सरकार हस्तान्तरण गराएको उल्लेख गर्दै विश्वका विभिन्न सञ्चारमाध्यम तथा विश्लेषकहरूले उनको प्रशंसा गरिरहेका छन्।
राजनीतिक रुपमा अत्यन्तै जटिल र अकल्पनीय परिवर्तन सम्भव पार्न उनले खेलेको सूक्ष्म, तर प्रभावकारी भूमिकालाई ‘लोकतान्त्रिक सेनापति’ को संज्ञासमेत दिइएको छ। सिग्देलको यो भूमिकाले नेपाली सेनाको प्रतिष्ठालाई मात्रै उचो बनाएको छैन, विश्वभर सेनाको भूमिकाबारे सकारात्मक दृष्टिकोण स्थापित गर्नसमेत मद्दत पुगेको छ।
