
पोखरा । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (आरएल) ले दसैं, तिहारसहितका चाडपर्वलाई लक्षित गर्दै ‘विशेष छुट योजना’ सार्वजनिक गरेको छ। गण्डकी प्रदेशकै पहिलो र एकमात्र ISO प्रमाणित ल्याब रहेको आरएलको यो योजना कात्तिक १० गतेसम्म लागू हुने कम्पनीले जनाएको छ।
जेनजी आन्दोलनपछि पनि ग्राहक सेवा र जनस्वास्थ्यलाई मध्यनजर गर्दै छुट योजना ल्याइएको अध्यक्ष ठाकुरप्रसाद पन्थले जानकारी दिए। योजना अन्तर्गत थाइराइड, क्यान्सर, भिटामिन-डी, होल बडी जाँचलगायत सम्पूर्ण परीक्षण सेवामा विशेष छुट प्रदान गरिनेछ।
विश्वकै अत्याधुनिक प्रविधि र दक्ष प्राविधिकसहित गुणस्तरीय सेवा दिँदै आएको आरएल ल्याब १२ वर्षअघि स्थापना भएको हो। यस अवधिमा विभिन्न संघसंस्थासँग सहकार्य गर्दै कम्पनीले २०९ ओटा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिसकेको प्रबन्ध निर्देशक गणेशप्रसाद कोइरालाले जानकारी दिए। उनका अनुसार ती शिविरहरूबाट करिब ३ लाख ५० हजार जनाले निशुल्क रगत जाँच सेवाको लाभ लिएका छन्।
