बुद्ध विशाल बजारको ‘दशैं-तिहार उपहारै उपहारको बहार’ योजना सार्वजनिक

Share:

पोखरा। चाडपर्वलाई लक्षित गर्दै बुद्ध विशाल बजार व्यापारिक एशोसिएसनले ‘दशैं(तिहार उपहारै उपहारको बहार’ कार्यक्रम सार्वजनिक गरेको छ। भदौ २२ गतेदेखि मंसीर २७ गतेसम्म सञ्चालन हुने उक्त उपहार योजनामा उपभोक्तालाई सपिङ भौचरद्वारा पुरस्कृत गरिनेछ। एशोसिएसनका अध्यक्ष बुद्धिबहादुर कुँवरका अनुसार मासिक रूपमा ४ जनालाई ५ हजार रुपैयाँको सपिङ भौचर लक्की ड्रमार्फत प्रदान गरिनेछ। त्यस्तै, योजनाको अन्त्यमा ५ जना बम्पर विजेतालाई २० हजार रुपैयाँको सपिङ भौचर प्रदान गरिनेछ।

कसरी पाउने उपहार कुपन ?

एशोसिएसन अन्तर्गतका कुनै पनि पसलबाट ५ सय रुपैयाँ वा सोभन्दा बढीको खरिदमा १ कुपन तथा १५ सय रुपैयाँ वा सोभन्दा बढीको खरिदमा २ कुपन उपलब्ध हुनेछ। मासिक उपहार विजेता घोषणा महिनाको अन्तिम बुधबार गरिनेछ भने सूचना एशोसिएसनको सूचना पाटी तथा संचार माध्यममार्फत सार्वजनिक गरिने महासचिव थमनसिंह गुरुङले जानकारी दिए।

योजनाअन्तर्गत पहिलो महिनाको ५ हजार रुपैयाँको सपिङ भौचर जित्ने टिकट नम्बरहरू: ५२७०६, ५३६६६, ५७०६०, ६३६२३ रहेका छन्। २ सय ४० सटर रहेको बुद्ध विशाल बजारमा हाल १ सय ९१ सदस्य सक्रिय छन्। बजारमा फेन्सी, कसमेटिक, इलेक्ट्रोनिक्स, मोबाइल लगायतका सामग्रीको खरिद-बिक्री हुने गर्दछ। बजारले ३५ सयदेखि ४ हजार जनालाई प्रत्यक्ष रोजगारी दिएको बताइएको छ।

जेनजी आन्दोलनका क्रममा भएको घटनाप्रति एशोसिएसनले गहिरो दुःख व्यक्त गरेको छ। अध्यक्ष कुँवरले आन्दोलनमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै पोखराका व्यवसायिक प्रतिष्ठानमाथि भएको तोडफोड, लुटपाट र आगजनीबाट अरबौंको क्षति भएको उल्लेख गरे। उनले विषम परिस्थितिमा धैर्य र संयमता अपनाउन उद्योगी-व्यवसायीहरूमा आग्रह समेत गरेका छन्।

कमेन्ट गर्नुहोस्
Share: