शिक्षामन्त्री महावीरलाई मन्त्रालयमै गरियो खानेबस्ने व्यवस्था

Share:

काठमाडौं । नवनियुक्त शिक्षामन्त्री महावीर पुनको लागि मन्त्रालयमै कोठाको व्यवस्थापन गरिएको छ ।

अहिले कोठाको लागि चाहिने सामान ल्याउने क्रम जारी छ । कर्मचारीहरूले किचेनका लागि चाहिने आवश्यक सामानहरू ओसारीरहेका छन् भने कोहीले व्‍यवस्थापन गरिरहेका छन् ।

मन्त्री पुनले हिजो शपथ ग्रहरण गर्दा मन्त्रालयमै बस्‍ने व्यवस्था गर्न कर्मचारीहरूलाई निर्देशन दिएका थिए । त्यसपछि उनी एक दिन भने राष्ट्रिय आविष्कार केन्द्रमै गएर बसेका थिए ।

सिंहदरबारभित्र रहेको मन्त्रालय जेनजी आन्दोलनमा जलाइपछि केशर महलबाट मन्त्रालयले सेवा प्रवाह गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: