रातिको समयमा पनि तुइन खोलाको पहिरो पन्छ्याइँदै, भोली गाडी गुड्ने

Share:

काठमाडौं। चितवनको मुग्लिन-नारायणगढ सडक खण्डको तुइन खोला पुल नजिकै खसेको पहिरो पन्छाउने कार्य रातिको समयमा पनि जारी छ ।

फ्लड लाइट जडान गरी रातिको समयमा पनि पहिरो पन्छाउने काम भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

आजै सडक खुलाउन तयारीका साथ पहिरो पन्छाउने कार्य भइरहेको छ ।

तुइनखोला नजिकै पहिरो खस्दा उपत्यकाबाट बाहिरिनेहरूलाई समस्या भइरहेको छ । प्रहरीले भने वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: