आज नेपाल र वेस्ट इन्डिजबीचको दोस्रो खेल

Share:

 

काठमाडौं : नेपाल र वेस्ट इन्डिजबीच जारी युनिटी टी–२० सिरिजको दोस्रो खेल आज हुदैछ।

 

युएईको शारजहा क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति सवा बजेदेखि शुरु हुने छ।

 

नेपालले यस सिरिजको पहिलो खेलमा वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै सिरिजमा १–० को अग्रता हासिल गरेको छ।

 

नेपालले कुनै पनि टेस्ट खेल्ने देशलाई पराजित गरेको यो पहिलो पटक हो। नेपालले आजको खेल जितेमा सिरिज जित्ने छ। सिरिजको अन्तिम खेल मंगलबार हुदैछ।

कमेन्ट गर्नुहोस्
Share: