चार डिआइजी एआइजीमा बढुवा सिफारिस, सुशीलसिंह राठौर पहिलो वरीयतामा

Share:

काठमाडौं : नेपाल प्रहरीका चार जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ।

हिजो बसेको बढुवा समितिको बैठकले डीआईजी सुशीलसिंह राठौरलाई पहिलो वरीयतामा राख्दै एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो। त्यसैगरी, दोस्रो नम्बरमा उमाप्रसाद चतुर्वेदी, तेस्रोमा हिमालयकुमार श्रेष्ठ र चौथो नम्बरमा डम्बरबहादुर विकलाई बढुवाका लागि सिफारिस गरिएको छ।

अब बढुवा समितिको सिफारिस मन्त्रिपरिषद् बैठकमा पेश हुनेछ, जहाँबाट औपचारिक निर्णय गरिनेछ।

कमेन्ट गर्नुहोस्
Share: