
काठमाडौंबाट सिन्धुलीको गोलन्जो–४ तिनकन्यातर्फ जाँदै गरेको बा २० च ९३१ नम्बरको डबल क्याप बोलेरो सोमबार सुनकोसी गाउँपालिका–६ भालुखोलास्थित बीपी राजमार्गबाट सुनकोसी नदीमा खसेको छ।
प्रहरी प्रमुख लालध्वज सुवेदीका अनुसार बोलेरो नदीमा खस्दा सवार १३ जना यात्रु घाइते भएका छन्। उनीहरूलाई उद्धार गरी उपचारका लागि पठाइएको छ। दुर्घटनामा घाइते हुने सबै एकै गाउँका रहेको खुलेको छ।
कमेन्ट गर्नुहोस्
