कारागार सुरक्षाको जिम्मा नेपाली सेनालाई

Share:

रौतहट ९ असोज ।

रौतहटको सदरमुकाम गौरमा रहेको जिल्ला कारागारको सुरक्षाको जिम्मा जिल्ला प्रशासन कार्यालयको निर्णयपछि नेपाली सेनालाई दिइएको छ ।

निर्णय अनुसार शुक्रबार साँझदेखि नै सेनालाई कारगारको जिम्मा दिइएको हो ।

गौरस्थित पुरेनवामा रहेको श्रीबक्स गुल्मबाट एक सेक्सन नेपाली सेनाको टोली कारागारमा खटाइएको गुल्मपति सेनानी सञ्जीव भण्डारीले जानकारी दिएका छन् ।

जिल्ला सुरक्षा समितीले भदौ ७ गते देखि लगाएको दंगाग्रस्त क्षेत्र भने शुक्रबार साँझबाट हटाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: