पूर्व सभामुख र राष्ट्रिय सभा अध्यक्षले गरे सरकारी गाडी फिर्ता

Share:

काठमाडौं : पदावधि समाप्त भएपछि सरकारी सवारीसाधन प्रयोग गर्न नपाइने प्रचलित नियमअनुसार केही पूर्व पदाधिकारीहरूले आफू प्रयोग गर्दै आएका सरकारी गाडीहरू फिर्ता गरेका छन्।

 

पूर्वसभामुख कृष्णबहादुर महरा, ओनसरी घर्ति तथा पूर्वराष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले हालै आफ्ना सरकारी गाडीहरू सम्बन्धित निकायमा फिर्ता गरेका हुन्।

 

नियमअनुसार, संवैधानिक पदाधिकारीले पदबाट हटेपछि कुनै पनि सरकारी सुविधा, विशेषतः सवारीसाधन, प्रयोग गर्न पाउने छैनन्। तर विगतमा पूर्व पदाधिकारीहरूले लामो समयसम्म सरकारी गाडी प्रयोग गर्ने गरेको भन्दै आलोचना हुँदै आएको थियो।

 

हालै तीव्र बनेको सरकारी स्रोत र सार्वजनिक सम्पत्तिको दुरुपयोग विरुद्धको अभियानसँगै सम्बन्धित निकायले निगरानी बढाएपछि जिम्मेवार पदाधिकारीहरूले गाडी फिर्ता गर्न थालेका हुन्।

कमेन्ट गर्नुहोस्
Share: