
काठमाडौं : राजधानीको पूर्वी किनारमा अवस्थित मूलपानीको मनोहरा खोला आसपासका बासिन्दाहरू वर्षा र बाढीको त्राससँग बारम्बार जुध्दै आएका छन्।
यस वर्षको वर्षामा केही फरक अनुभव भएको पत्रकार तथा लेखक अश्विनी कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन्। उनले आफू काठमाडौँ मूलपानीको मनोहरा खोलाको छेउमा बस्ने हरेक वर्ष दुई तीन दिन यस्तै वर्षा हुने बताए।
उनले पानीको सतह बढेपछि अब के हुने हो भन्ने डर भइरहे पनि यसपटक अवस्था केही भिन्न रहेको उल्लेख गरेका छन्।
रातको तीन बजेतिर निदाएका कोइरालाले भोलिपल्ट थाहा पाए कि त्यो रात सरकार पनि उनीहरूसँगै जागा रहेको बताएका छन्।
‘म काठमाडौ मूलपानीको मनोहरा खोलाको छेउमा बस्छु । हरेक वर्ष दुई तीन दिन यस्तै वर्षा हुन्छ । पानीको सतह बढेपछि अब के हुने हो भन्ने डर भैरहन्छ । टोलका मान्छे रातभर जागा भएर आफ्नो सुरक्षा आफैं गर्नुपर्छ । तर यसपटक रातभर हामीसंग सरकारको पनि उपस्थिति थियो । केही परे हामी छौँ भनेर सबै कुरा तयार अवस्थामा छ भनेर खबर आइरहेको थियो’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘घर छाड्नु परे हामीलाई राख्ने ठाउँको बन्दोबस्त छ भनेर सूचना पनि आइरहेको थियो । ३ बजेतिर म सुते !अहिले थाहा पाएँ सरकार रातभर जागा थियो । सरकार छ भन्ने महसुस गराउनु ठूलो कुरा हो । यो उमेरमा पहिलोपटक त्यो अनुभूति गरेको छु । धन्यवाद सरकार !’
