नेपाल आजदेखि टी–२० विश्वकप छनोट खेल्दै

Share:

 

काठमाडौं :  आईसीसी टी–२० विश्वकपको एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत नेपालले आज ओमानमा कुवेतसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्दैछ। खेल नेपाली समयअनुसार राति ८:४५ बजे सुरु हुनेछ।

समूह ‘बी’ मा रहेको नेपालले दोस्रो खेल शुक्रबार जापानसँग खेल्नेछ। यसअघि वेस्ट इन्डिज भ्रमणपछि कतारविरुद्ध दुई अभ्यास खेल जित्दै नेपाल उच्च मनोबलमा प्रतियोगिता प्रवेश गरेको हो।

यसपटक छनोट हुँदै विश्वकपमा स्थान बनाउने लक्ष्यसहित मैदान उत्रिएको नेपालले यसअघि सन् २०१४ र २०२४ मा विश्वकप खेलेको थियो। प्रतियोगितामा ९ टोली सहभागी छन्, जसबाट शीर्ष ३ टोलीले आगामी वर्ष भारत–श्रीलङ्का संयुक्त रूपमा आयोजना गर्ने विश्वकपमा स्थान बनाउनेछन्।

कमेन्ट गर्नुहोस्
Share: