
नुवाकोट : आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन्।
आफ्नै श्रीमती ४९ वर्षीया सविना तामाङको हत्या गरेको अभियोगमा शिवपुरी गाउँपालिका-७ सुनखानी ठुलापाटा बस्ने ५० वर्षीय जितमान तामाङलाई मंगलबारस राति प्रहरीले पक्राउ गरेको छ।
जितमानले घरायसी विवादको क्रममा खुकुरी प्रहार गरी सविनाको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट गुर्जेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
कमेन्ट गर्नुहोस्
