नयाँबजारमा ‘कोशेली घर’ निर्माण तीव्र, कोइका र युएनडिपीको १० मिलियन डलर लगानी

Share:

पोखरा । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (KOICA) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) को सहकार्यमा काठमाडौंको नयाँबजारमा ‘कोशेली घर’ निर्माणको काम तीव्र रूपमा अघि बढेको छ।

रिसाइक्लिङ र अपसाइक्लिङ प्रविधिमार्फत हरित रोजगारी सिर्जना गर्ने उद्देश्यले निर्माण भइरहेको यो कोशेली घरले चक्रीय अर्थतन्त्रको अवधारणालाई व्यवहारमा उतार्ने महत्त्वाकांक्षी योजना बोकेको छ।

नगर प्रमुख धनराज आचार्यले परियोजनाले हरित विकाससँगै समुदायलाई आत्मनिर्भर बनाउने दिशामा उल्लेखनीय योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। “यसबाट सिर्जना हुने आर्थिक अवसरहरूले १३६ वटा समूहलाई पुनः प्रयोगयोग्य सामग्री उत्पादनमा संलग्न गराउँदै आर्थिक सशक्तीकरणमा सहयोग पुर्‍याउनेछ,” प्रमुख आचार्यले बताए।

परियोजनामा कोइका (KOICA) ले ९.८ मिलियन अमेरिकी डलर र युएनडिपी (UNDP) ले ०.८७ मिलियन अमेरिकी डलर लगानी गर्नेछ।

के हो कोशेली घर ?

कोशेली घर एउटा यस्तो बहुउपयोगी केन्द्र हो, जहाँ रिसाइक्लिङ, अपसाइक्लिङ तथा स्थानिय उत्पादनहरूलाई प्रवर्द्धन गरिन्छ। यहाँ उत्पादन हुने वस्तुहरू बिक्रीका लागि पनि राखिनेछ, जसले समुदायभित्रै रोजगारी सिर्जना र आयआर्जनमा टेवा पुर्‍याउनेछ। यो परियोजना नेपालको शहरी क्षेत्रमा हरित विकासको उत्कृष्ट उदाहरण बन्ने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: