हमासले चार जनाको शव इजरेललाई सुम्पने, नेपाली विद्यार्थी विपिन जोशी पनि हुन सक्ने दाबी

Share:

काठमाडौं । इजराइलमा हमासले गरेको आक्रमणमा हराएका नेपाली विद्यार्थी विपिन जोशी पनि मृत भेटिएको दाबी गरिएको छ। हमासको सैन्य इकाईले आज इजरेललाई चार जनाको शव हस्तान्तरण गरिने जनाएको छ, जसमा विपिन जोशी पनि रहेको उल्लेख गरिएको छ।

इजरेली सेनासँगको समन्वयमा शव फिर्ता गर्ने प्रक्रिया अघि बढिरहेको बताइएको छ। हमासले मृतकहरूको पहिचानको दाबी गरे पनि त्यसको औपचारिक पुष्टि भने भइसकेको छैन।

यता, सोमबार बिहान मात्र इजराइलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले इजरेली सेनाले विपिन जोशी जीवित छन् भन्ने कुनै प्रमाण फेला नपारेको जानकारी दिएका थिए। अहिले हमासले शवमा विपिनको नामसमेत समेटेपछि स्थिति थप स्पष्ट हुन थालेको छ।

 

कमेन्ट गर्नुहोस्
Share: