लिग-२ सिरिजका लागि नेपालको टोली घोषणा, अनिल र भीम फर्किए

Share:

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सीडब्ल्यूसी लिग-२ को एकदीवसीय सिरिजका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ।

क्यानले शनिबार रोहित पौडेलको कप्तानीमा टोली घोषणा गरेको हो। टोलीमा अनिल साह र भीम सार्की समेटिएका छन्।

त्यस्तै हालै टी-२० विश्वकप छनोट टिममा रहेका सन्दिप जोरा, लोकेश बम र आदिल आलम भने यो सिरिजका लागि परेका छैनन्।

नेपालले लिग-२ का लागि यूएईमा यूएई र अमेरिकाविरुद्ध खेल खेल्दै छ। नेपालको खेल अक्टोबर २६ बाट सुरु हुने छ।

लिग–२ अन्तर्गतको सिरिजमा तीनवटै टोलीले ४/४ वटा खेल खेल्ने छन्।

कमेन्ट गर्नुहोस्
Share: