सिरमाया गुरुङलाई सहयोग जारी, विहिवार ५० हजार संकलन,

Share:

पोखरा, बैशाख १८/ मृगौलापिडित सिरमाया गुरुङको मृगौला उपचारको लागि सहयोग आउने क्रम जारी छ । पिडित गुरुङको उपचारको लागि विहिवार विभिन्न व्यक्तिहरुबाट ४९ हजार पाँच सय रुपैया सहयोग प्राप्त भएको छ ।

गुरुङको उपचारको लागि सिक्लेस ०६ निवासी तिर्थ माया गुरुङको सक्रियतामा आफ्ना साथीहरुबाट संकलित नगद १७ हजार विहिवार एक समारोहवीच पिडित गुरुङलाई हस्तान्तरण गरेको छ । तनहुँ थप्रेक घर भई हाल क्यानडा निवासी केश गुरुङबाट १० हजार र कास्की पानीघाट पुरानो घर भई शितलादेवीनिवासी र हाल युकेमा कार्यरत तेज गुरुङबाट संकलित ७ हजार गरी तिर्थ माया गुरुङको अगुवाईमा संकलित १७ हजार पिडित गुरुङलाई विहिवार हस्तान्तरण गरेको हो ।

यसैवीच अमेरिका निवासी पार्वती गुरुङले नगद १० हजार, वयोवृद्ध खुम्वुसिं गुरुङले नगद १० हजार, मेनसुवा गुरुङ ( क्रोम्स्योको माइला )ले नगद ५ हजार, विरमाया गुरुङले २ हजार, सिक्लेस माफुनिवासी विष्णु गुरुङ र उहाँका श्रीमती तोला माया गुरुङ ले नगद २ हजार, विरमायाको कान्छी १ हजार, नुन सुवा गुरुङ १ हजार ५ सय, उद्विन गुरुङ ५ सय र टौमायाको कान्छीले ५ सय रुपैया सहयोग प्रदान गर्नुभएको हो ।

संकलित रकम सिरमाया गुरुङ मृगौला प्रत्यारोपण समितिले सिटि डेभलभमेण्ट वैकमा जम्मा गरीनेछ ।

सिरमाया गुरुङलाई सहयोग गर्न चहानुहुनेहरुले सिटि डेभलभमेण्ट वैकको खाता नम्वर ००१११००००४५३७९०००००१ मा जम्मा गरी सहयोग गर्न समितिले सवैलाई आग्रहसमेत गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: