पोखरामा विवादका क्रममा चक्कु प्रहार, एक जनाको मृत्यु, एक पक्राउ

Share:

पोखरा। पोखरा महानगरपालिका-५ चिल्ड्रेन पार्क नजिक शनिबार बिहान चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार बिहान करिब ३:०५ बजे ४५ वर्षीय अनिल पराजुली अचेत अवस्थामा फेला परेका थिए। उनलाई तत्काल प्रहरी टोलीले उद्धार गरी पश्चिम क्षेत्रीय अस्पताल, पोखरा पठाएकोमा ३:४० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा मृतक पराजुली र २४ वर्षीय किशोर तिमिल्सिना (घर सराङकोट, हाल मालेपाटन) बीच सामान्य वादविवाद हुँदा चक्कु प्रहार भएको खुलेको छ।

घटनामा संलग्न तिमिल्सिनालाई प्रहरीले घटनामा प्रयोग भएको एक थान चक्कुसहित पक्राउ गरी कर्तव्य ज्यान सम्बन्धी मुद्दामा थप अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ताका अनुसार घटनाबारे थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिनेछ।

कमेन्ट गर्नुहोस्
Share: