सोलुखुम्बुको लुबुचेमा हेलिकोप्टर दुर्घटना, क्याप्टेन विवेक खड्का उडाइरहेका थिए

302
0
Share:

काठमाडौं । सोलुखुम्बुको पर्यटकीय क्षेत्र लुबुचेमा बुधबार बिहान एक हेलिकोप्टर दुर्घटना भएको छ।

अल्टिच्युड एयर कम्पनीको हेलिकोप्टर बिहानको समयमा नियमित उडानका क्रममा दुर्घटनाग्रस्त भएको पुष्टि भएको छ।

उक्त हेलिकोप्टर क्याप्टेन विवेक खड्काको कमाण्डमा रहेको बताइएको छ।

घटनास्थल उच्च हिमाली क्षेत्र भएकाले उद्धार कार्यमा कठिनाइ भएको जनाइएको छ।

सुरुवाती जानकारी अनुसार मौसमको कारणले दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ, तर विस्तृत विवरण भने अझै आउन बाँकी छ।

 

कमेन्ट गर्नुहोस्
Share: