रास्वपाको निर्णय : निर्वाचनपछि मात्रै महाधिवेशन, रवि लामिछानेकै नेतृत्वमा अघि बढ्ने

138
0
Share:

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन भएको ६ महिनापछि मात्रै पहिलो महाधिवेशन गर्ने भएको छ । शुक्रबार र शनिबार बसेको पार्टीको विस्तारित बैठकले प्रतिनिधिसभा निर्वाचन भएको ६ महिनापछि मात्रै महाधिवेशन गर्ने निर्णय लिएको हो ।

बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार, यसअघि फागुन ७, ८ र ९ गते तोकिएको महाधिवेशन अब चुनावपछि मात्रै गर्नेगरी निर्णय भएको हो ।

सुरुमा गत वैशाखमा हुनेगरी तोकिएको महाधिवेशन पछि फागुनमा गर्ने निर्णय भएको थियो । महाधिवेशन चितवनमा गर्ने भनिएको थियो ।

त्यस्तै, बैठकमा सभापति रवि लामिछानेको विकल्पमा अहिले नयाँ नेतृत्व अघि नसार्ने निष्कर्ष पनि निकालेको ती केन्द्रीय सदस्यले बताए ।

‘आगामी महाधिवेशनसम्मै रवि लामिछानेकै नेतृत्वमा अघि बढ्ने निष्कर्ष निकालिएको छ,’ ती केन्द्रीय सदस्यले जानकारी दिए । हिजोबाट सुरु भएको रास्वपा बैठक आजबाट सकिँदैछ ।

कमेन्ट गर्नुहोस्
Share: