त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ठप्प

307
0
Share:

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेको एयरफिल्ड लाइटिङ सिस्टम बिग्रिँदा २ घण्टादेखि विमानस्थल ठप्प छ।

शनिबार दिउँसो ५ः ३० बजेदेखि लाइटिङ प्रणालीमा समस्या आएको थियो। उक्त प्रणाली मर्मत गर्ने अझैँ चलिरहेको र समाधान भइनसकेको विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाले जानकारी दिए।

‘अहिले प्राविधिक टिम लागि परेको छ, हामी आशावादी छौँ चाँडै खुल्नेमा,’ शेर्पाले भने, ‘तर, कति बेला बन्छ भन्ने सकिने अवस्था छैन।’

उनका अनुसार अहिलेसम्म अन्तर्राष्ट्रियतर्फ ३ वडा र आन्तरिकतर्फ २ वटा वडान डाइभर्ट गरिएको छ। बाँकी आकाशमै होल्ड गरिएको उनले बताए।

कमेन्ट गर्नुहोस्
Share: