कुमुदिनी होम्स माविमा तहगत नेपाली वादविवाद प्रतियोगिता सम्पन्न, अञ्जली केसी र आदित्य खत्री पहिलो

Share:

पोखरा । पोखरा महानगरपालिका-४ स्थित प्रतिष्ठित शैक्षिक संस्था कुमुदिनी होम्स माध्यमिक विद्यालयमा वार्षिक कार्यतालिकाअनुसार आइतवार तहगत नेपाली वादविवाद प्रतियोगिता सम्पन्न भएको छ। विद्यालयले विद्यार्थीहरूको बौद्धिक क्षमता र अभिव्यक्ति सीप विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको हो।

कार्यक्रमको पहिलो चरण अन्तर्गत आधारभूत तह (कक्षा ६-८) को वादविवाद प्रतियोगिता आधारभूत तह इन्चार्ज सजनी माजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न भयो। ‘सहरीया जीवनभन्दा गाउँले जीवन प्रेरणादायी र रमणीय हुन्छ’ भन्ने विषयमा विद्यार्थीहरूले पक्ष र विपक्षमा प्रभावशाली तर्क प्रस्तुत गरेका थिए।

परिणामअनुसार कक्षा ७ (ख) का आदित्य खत्री प्रथम, कक्षा ७ (ग) की संस्कृति गैह्रे द्वितीय, कक्षा ८ (क) की प्रतिष्ठा के.सी. तृतीय र कक्षा ७ (क) की आयुषा लामाले सान्त्वना स्थान हासिल गरेका थिए। कार्यक्रमको सञ्चालन कक्षा ६ की विद्यार्थी नस्विना गौतमले गरेकी थिइन्।

त्यसैगरी दोस्रो चरणमा सम्पन्न माध्यमिक तह (कक्षा ९-१२) को वादविवाद प्रतियोगिता शिक्षक मनबहादुर भुजेलको अध्यक्षतामा सम्पन्न भएको थियो। ‘वैदेशिक रोजगारी दीर्घकालीन समस्याको समाधान होइन’ भन्ने विषयमा प्रतिस्पर्धी विद्यार्थीहरूले आफ्ना विचार प्रस्तुत गरेका थिए।

उक्त प्रतियोगितामा कक्षा ११ (विज्ञान) की अञ्जली के.सी. प्रथम, कक्षा १० (ग) का प्रतीक पौडेल द्वितीय, कक्षा ९ (ग) की दिव्या आचार्य तृतीय र कक्षा १० (ख) का सक्षम गैह्रेले सान्त्वना स्थान प्राप्त गरेका थिए।

कार्यक्रममा शिक्षक इन्द्रराज बराल, उमा पोखरेल र दिपक के.सी. निर्णायक रहेका थिए भने श्रवणकुमार तिमिल्सिना र विशाल विक्रम बस्नेतले प्राविधिक सहयोग प्रदान गरेका थिए। प्रतियोगिता कार्यक्रम संयोजक शिक्षक सुरेन्द्र सदिच्छाको संयोजनमा सफलतापूर्वक सम्पन्न भएको विद्यालयले जानकारी दिएको छ।

 

कमेन्ट गर्नुहोस्
Share: