
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ४ मा अवस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयमा आइतबारदेखि ३९ औं खेलकुद सप्ताहको शुभारम्भ भएको छ। पोखरा रंगाशालामा आयोजित उद्घाटन समारोह संस्थापक अध्यक्ष अशोक पालिखेको अध्यक्षतामा सम्पन्न भएको थियो।
उद्घाटन समारोहमा विद्यार्थीहरूले उत्साहजनक मार्चपास, पिटी प्रदर्शन र स्वागत नृत्य प्रस्तुत गरे। पहिलो दिनमा छात्र-छात्राले लामो जम्प, त्रिपल जम्प, छेलो फ्याँक्ने, रिले दौड लगायत विभिन्न एथलेटिक्सका खेलहरूमा भाग लिए।
विद्यालयका अतिरिक्त क्रियाकलाप इन्चार्ज दिपेन्द्र थापा मगरका अनुसार खेलकुद सप्ताहभर विद्यार्थीहरूले कक्षागत, खुला तथा अन्तरसदनात्मक गरी २२ भन्दा बढी विधामा प्रतिस्पर्धा गर्नेछन्। शिक्षक सुरेन्द्र सदिच्छाले यस अवसरमा विद्यालयका विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिताले कार्यक्रमलाई सफल बनाएको बताए।
